विन्ध्येश्वरी आदर्शमा हाजिरीजवाफ प्रतियोगिता
पाेखरा | जेठ २५, २०८१
पाेखरा: ‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’ भन्ने मूल नारासहित शैक्षिक क्षेत्रमा त्रियाशिल विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा विविध कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका १ मोहरिया टोलमा रहेको सो विद्यालयमा शुक्रबारीय कार्यक्रम अन्तर्गत गणित हाजिरीजवाफ तथा नेपाली शब्दखेल प्रतियोगिता सम्पन्न भएको हो ।
गणित हाजिरीजवाफ प्रतियोगितामा आधारभूत (सिनियर) तथा मा.वि.तहमा धौलागिरी सदनबाट कक्षा १० की छात्रा अनिता बिक, कक्षा ९ का छात्र सुजन राई, कक्षा ६ का छात्रहरुद्वय आदित्य बिक र दिजन मल्ल प्रथम भए ।
यस्तै कञ्चनजङ्घा सदनबाट कक्षा १० की छात्रा निरसरा पौडेल, कक्षा ९ की छात्रा अंशु भुजेल, कक्षा ६ का छात्रछात्राद्वय दिप्सन सुवेदी र सविता सुनार द्वितीय भए ।
यस्तैगरी आधारभूत (जुनियर) तह नेपाली शब्दखेल प्रतियोगितामा धौलागिरी सदनबाट कक्षा ५ का छात्रा श्रीषा तिमिल्सिना, कक्षा ४ का छात्र सखिम बास्तोला, कक्षा ४ का छात्र सविन बिक र कक्षा ३ का छात्रा मौ भौमिक प्रथम भए ।

यस्तै कञ्चनजङ्घा सदनबाट कक्षा ५ की छात्रा अदिती तिमिल्सिना, कक्षा ४ की छात्रा युनिका खनाल, कक्षा ३ की छात्रा प्रेमिका नेपाली र कक्षा २ का छात्र सौगात हमाल द्वितीय भए ।
दुवै तहतर्फ प्रथम तथा द्धित्तिय स्थान हाँसिल गरेका विद्यार्थीहरुलाई विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
सो अवसरमा बोल्दै प्राचार्य श्रेष्ठले विद्यार्थीहरुलाई उक्त कार्यक्रमले अध्ययनशिल बनाउन प्रेरित गर्ने धारणा राखे ।
मावि तहको कार्यक्रम गणित शिक्षक नीलकण्ठ पौडेल र प्रावि तहको कार्यक्रम नेपाली शिक्षिका शर्मिला शर्माले सञ्चालन गरेकी थिइन् ।
विन्ध्येश्वरीले पठनपाठनसँगै विभिन्न अतिरिक्त कार्यक्रहरु सञ्चालन गर्दै आएको छ ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । अख्तियार द...
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनलका खेल सकिएका छन् । बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्र...
नवलपरासी: जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कार्यक्रममा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न सचेत गराएको छ। ...

